८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मुख्यमन्त्री पौडेलको मुटुमा गम्भीर समस्या, एन्जियोप्लास्टिक गरिँदै



काठमाडौं ।
अस्वस्थ भएपछि शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र बाँसवारी भर्ना भएका प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलको मुटुमा समस्या देखिएको छ। मुटुको नियमित परीक्षणका लागि भर्ना भएका पौडेलको मुटुको इसिजी गर्दा मुटुमा गम्भीर समस्या भएको चिकित्सकले बताएका हुन्।
उपचारमा संलग्न चिकित्सका अनुसार मुख्यमन्त्रीको मुटुको नसा बन्द भएको र हिजो एन्जियोग्राम गर्दा नभएपछि आज एन्जियोप्लास्टिक गरेर उपाचार भइरहेको छ। उनको उपचारमा संलग्न भएका चिकित्सको भनाइ उदृत गर्दै अस्पताल स्रोतले भन्यो, ‘मुटुमा समस्या देखिएको छ, हिजो एन्जियोग्राम गर्दा पनि भएन आज एन्जियोप्लास्टिक गरिँदै छ।’ मधुमेह र उच्च रक्तचापका बिरामी मुख्यमन्त्री पौडेल अझै केही दिन अस्पतालमै रहने बताइएको छ।

प्रकाशित मिति : २० जेष्ठ २०७६ सोमबार ००:००  १ : ४९ बजे