८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

लोक सेवा आयोगको विज्ञापनले संविधानको मर्ममाथि प्रहार गर्‍योः नेकपा सांसद शर्मा



काठमाडौँ ।
संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगको विज्ञापन सच्याउन नसकिने अडान लिइरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद जनार्दन शर्माले लोकसेवा आयोगको विज्ञापन संविधान विपरीत भएको दाबी गरेका छन्।

शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले विज्ञापनले संविधानमाथी प्रहार गरेको भन्दै त्यो सच्याउन समितिले निर्देशन दिनुपर्ने सुझाएका हुन्।

उनले भने, ‘विज्ञापनले संविधानको मर्ममाथि प्रहार गरेको छ। निर्णय गर्नेहरुको चित्त दुखे पनि यो काम गलत भएको छ। संवैधानिक आयोगकै विरोध हुनु सुखद सन्देश होइन। निर्णय गर्नेहरुको चित्त दुख्छ भन्दैमा संविधान विपरितको यस्तो काम तत्काल रोक्नु पर्ने उनको माग छ।’

प्रकाशित मिति : २४ जेष्ठ २०७६ शुक्रबार ००:००  १२ : १४ बजे