८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

सरकार राष्ट्र निर्माणमा जुटेको देखेर केही समूह अत्तालिएका छन्ः प्रधानमन्त्री



काठमाडौैँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणमा आफ्नो सरकार लागिरहेका बेला केही समूह भने अत्तालिएको बताएका छन्।
भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै शुक्रबार उनले प्रतिगामी तत्वहरुले राष्ट्रनिर्माणको अभियानलाई अल्मलाउने र भड्काउने गरेको बताएका हुन्।
उनले संविधान अस्वीकार गर्दै आन्दोलनरत विप्लव समूहलाई लक्षित गर्दै भने,‘पैसा उठाउने, हिंसा मच्चाउनेतर्फ मानिस लागेका छन्। तर यस्तो बाटो कहिल्यै सफल हुन सक्दैन।’

मुलक निर्माणका लागि सबै मिलेर अघि बढ्नु पर्नेमा हिंसाको राजनीति गरेको उनको भनाई छ।
उनले भने,‘राजतन्त्र फर्काउन चाहनेहरुलाई देखेरे दुःख लाग्छ।’
मुलुकको गरिबी, बेरोजगारी लगायत समस्या समाधानका लागि सरकारले विशेष कार्यक्रमहरु लागु गर्न थालेको उनले बताए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६ शुक्रबार ००:००  २ : ५३ बजे