७ असार २०८३, आइतबार | Sun Jun 21 2026

दूध वितरणमा खेलवाडगर्ने माथि कारवाही हुन्छः मन्त्री खनाल



काठमाण्डौ ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले मानव स्वास्थ्यमा हानी पुर्‍याउने खालका सबै दूध वितरण केन्द्रमाथि कडा कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

मन्त्री खनालले काठमाण्डौ उपत्यकाभित्र रहेका प्रदुषणयुक्त दूध वितरण केन्द्र तत्काल बन्द गराउन पनि सम्बन्धित निकायलाई सचेत गराउनु भयो । ‘११ औंँ राष्ट्रिय खाद्य स्वच्छता दिवस’को अवसरमा शुक्रबार ललितपुरमा भएको कार्यक्रममा उहाँले आफूले मानव स्वास्थ्यमाथि गम्भीर असर पुर्‍याउने खालका दूध वितरण केन्द्रमा छापा मार्न निर्देशन दिए पनि त्यस अनुसारको काम गर्न नसकेको भन्दै सम्बन्धित निकायप्रति असन्तुष्टि पनि व्यक्त गर्नु भयो ।

मन्त्री खनालले शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले लिनेगरी सरकारले काम गरे पनि त्यसमा कर्मचारी प्रशासनले साथ दिन नसकेको गुनासो पनि गर्नुभयो । उहाँले पोषणयुक्त खाद्य वस्तुको उत्पादनदेखि वितरणसम्मको कामलाई व्यवस्थित बनाउन सरकारले अभियान सञ्चालन गरे पनि पर्याप्त हुन नसकेको पनि स्वीकार गर्नु भयो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६ शुक्रबार ००:००  ५ : ०१ बजे