९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

जिल्ला सेक्रेटरी सहित विप्लवका १८ नेता पक्राउ



कास्की । 

कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला सेक्रेटरी सहित १८ नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

अन्नपूर्ण गाउँपालिका–११ उरीबाट शनिबार राती कार्यकर्ता नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा प्रहरी उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिए।

पक्राउ पर्नेहरूमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी संगठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईसँगै पार्टीका जिल्लास्तरीय नेता तथा विद्यार्थी संगठनका नेताकार्यकर्ताहरु रहेका छन्।

केही दिनयता विप्लव समूहको गतिविधि यो क्षेत्रमा बढेको सूचनाका आधारमा प्रहरीले निगरानी गरिरहेको र आमा समूहको भवनबाट साँझ ६ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७६ आइतबार ००:००  ९ : ५३ बजे