३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

कोरियामा ज्यान गुमाएका मधुसुदनको सम्झनामा श्रद्धाञ्जली सभा



मायादेवी संवाददाता, सौल ।
कोरियामा असामहिक रुपमा ज्यान गुमाएका अर्घाखाँचीका मधुसुदन श्रेष्ठको १३ औँ दिनका पुण्य तिथीमा आईतवार कोरियाको राजधानि सिओलमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । अर्घाखाँची सम्पर्क मंच दक्षिण कारेरिया र नेवा पुंच दक्षिण कोरियाले संयुक्त रुपमा गरेको श्रद्धाञ्जली सभामा सहभागिहरुले श्रेष्ठको आत्मा शान्तीको कामना गरेका थिए ।
श्रद्धाञ्जली सभामा प्रवासी मजदुर संगठनका अध्यक्ष उदय राई, पुरु जोसी, एनसिसीका उपाध्यक्ष श्री प्रसाद श्रेष्ठ, वुमन फर वुमनका अध्यक्ष पदमा श्रेष्ठ, आदिवासी जनजाती महासंघका निवर्तमान अध्यक्ष मल्लिका थकाली, पत्रकार किसन गौतम लगायत यहाँ क्रियाशिल विभिन्न संघसंस्थाका पदाधिकारीको उपस्थिती रहेको संस्थाका अध्यक्ष सुन्दर पन्थीले जानकारी दिए । मृतकको शव नेपाल पठाउनकालागि मंचले दुतावाससँग समन्वय गरेको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७६ सोमबार ००:००  ५ : ३० बजे