२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

दाङमा गुठी विधेयकको पक्षमा किसान



दाङ ।

संघीय संसदमा पेश भएको गुठी विधेयकको पक्षमा दाङ किसानहरुले प्रदर्शन गरेका छन्। जिल्लाको दश स्थानिय पालिकाको विभिन्न स्थानमा रहेका करिब पाँच हजार किसान तथा गुठीको जग्गामा बसोवास गर्दै आएकाहरुले सरकारले संसदमा पेश गरेको गुठी विधेयक पास गरेर कार्यान्वयन गर्न माग गरेका हुन् ।

‘सरकारले जो गरेको छ । ठिक गरेको छ । संसदमा पेश भएको विधेयक पास हुनैपर्छ’राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रिय उपाध्यक्ष मेघबहादुर बिसीले भने–‘गुठीको जग्गामा बसोवास गरेका मोहि हक पाएका किसानले समेत न्याय नपाएको अवस्था छ। सरकारले दर्ता गरेको विधेयक पास गरेर बर्षौंसम्म उत्पिडनमा परेका किसानलाई न्याय चाहिएको छ ।’

जिल्ला सदरमुकाम घोराहीमा र्याली निकालिएको छ । दाङ भूमि अधिकार मञ्च, स्वर्गद्वारी गुठी पिडित संघर्ष समितिले र्याली निकालेका हुन् । र्यालीपछि आयोजित सभालाई प्रतिनिधिसभा सदस्य शान्ता चौधरी, गंगा थारु लगायले सम्वोधन गर्दैछन् ।

दाङ जिल्लामा स्वर्गद्धारी आश्रमको नाममा नीजि विशेष गुठीको एक हजार ५० विगाह जग्गा छ । जसमध्ये ७ सय बिगाह जग्गामा मोही छ। बचेको बाँकी साढे तीन सय विगाह अतिक्रमणमा परेको छ ।

गोरक्ष रतननाथ मन्दिरको नाममा रहेको जग्गा यस अघी रैकरमा परिणत गरिएको थियो। जिल्लामा नेपाल संस्कृत विश्व विद्यालयको १२ सय विगाहा जग्गा छ । जसमा धेरै जग्गा अतिक्रमणमा परेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६ बिहिबार ००:००  ९ : ५६ बजे