१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

१ लाख २९ हजारले भरे फाराम, लोकसेवाको विज्ञापन के होला ?



काठमाडौं ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २७ गते लोकसेवा आयोगको विज्ञापन रद्द गर्न निर्देशन दिए पनि आवेदन फाराम भर्नेक्रम जारी छ। लोकसेवाका अनुसार शनिबारसम्म एक लाख २९ हजार ७२७ जनाले आवेदन फाराम भरेका छन्। लोकसेवा आयोगले जेठ १५ गते ५१५ स्थानीय तहका लागि नौ हजार १६१ जना कर्मचारीका लागि विज्ञापन माग गरेको थियो। समितिले सो निर्देशन दिए पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन संविधानविपरीत भएको भन्दै विज्ञापन रद्द नगर्ने बताउँदै आएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवाको विज्ञापनको विषय सर्वोच्च अदालत पुगिसकेकाले अन्योलमा नपर्न आवेदनकर्तालाई आह्वान गरे। “सर्वोच्च अदालतमा मुद्दा परिसकेको छ, सर्वोच्चको फैसला नै सर्वमान्य हुन्छ।” समितिलेविना अनुगमन र सत्यतथ्य नबुझेरै निर्देशन दिएको टिप्पणी गरेको खबर गोरखापत्र दैनिकमा छ।

प्रकाशित मिति : १ असार २०७६ आइतबार ००:००  ६ : ४३ बजे