९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

किसानले असारमा मल नपाउने भए, भारतले पठायो पत्र



काठमाडौं ।
सरकारले जीटुजी प्रत्रियाबाट मल खरिद गर्ने निर्णय गरे पनि तत्काल आउने सम्भावना न्युन देखिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय स्रोतका अनुसार अनुसार भारतको स्वामित्वमा रहेको एमएमटी र एसटीसी कम्पनीले असराभित्र मल दिन नसक्ने पत्र पठाएका छन् ।
कान्तिपुर दैनिकमा समाचार छ, ‘जीटुजीका लागि दुई सरकारबीच सम्झौता भएको अवस्था छैन। मल खरिद गर्न पैसा पनि पठाएका छैनौँ’, ती अधिकारीले भने, यस्तो अवस्थामा असारमै मल दिन नसक्ने पत्र प्राप्त गरेका छौँ ।’
मल अभाव भएपछि साताअघि सरकारले जीटुजी प्रक्रियामार्फत खरिद गर्ने निर्णय गरेको थियो । गत बिहीबार सरकारी निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पनि जीटुजीबाट खरिद गर्ने निर्णय गराएको जानकारी दिएका थिए ।
सरकारले निर्णय सार्वजनिक गर्नुअगावै ती दुई कम्पनीले तत्काल मल उपलब्ध गराउन नसक्ने जानकारी मन्त्रालयलाई गराएको थियो । ‘सरकारले निर्णय सार्वजनिक गर्नुअघि नै पत्राचार गरेको थियो’, ती अधिकारीले भने, ‘ती कम्पनीले पनि टेन्डर गर्नुपर्ने भएकाले सम्भव नभएको जवाफ पायौँ ।

प्रकाशित मिति : ४ असार २०७६ बुधबार ००:००  ७ : ३२ बजे