८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

युवतीमाथि शृङ्खलाबद्ध ’सिरिन्ज’ हान्ने सन्तोष कार्की पक्राउ



काठमाडौं ।
नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा युवतीहरूमाथि शृङ्खलाबद्ध तिखो वस्तुले आक्रमणमा गर्ने युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ। महाराजगञ्जबाट बिहीबार राति पक्राउ गरिएका ३० वर्षीय सन्तोष कार्की रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनलाई सादा पोशाकको टोलीले पक्राउ गरेको थियो। कार्कीले आफूले आक्रमण गरेको स्वीकारेका महानगरीय प्रहरी परिसर टेकुमा भएको पत्रकार सम्मेलनमा उनले आफूले नै आक्रमण गरेको स्वीकारेका हुन्। त्यस्तै सबै घटना आफैले घटाएको प्रहरीले जनाएको छ। किन र के कारणले आक्रमण गरे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको परिसर प्रमुख उत्तम सुवेदीले जानकारी दिए।

प्रकाशित मिति : १३ असार २०७६ शुक्रबार ००:००  १ : १९ बजे