८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सिन्धुलीमा विङ्गर पल्टियो, ११ जना घाइते 



सिन्धुली ।

बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउपालिकामा यात्रुबाहक विङ्गग गाडी दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन्। सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज५३०१ नम्बरको विङ्गर गाडी गोलन्जोर गाउपालिका(५ छब्बीस किलोमा अनियन्त्रित भइ दुर्घटना भएको हो।  घाइते ११ मध्ये दुई जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। अरुको खुर्कोटको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। गम्भीर घाइते कमलामाई नगरपालिका–४ का समुद्र श्रेष्ठकी ३४ वर्षीया श्रीमती सैलिना श्रेष्ठ र उनका ८ वर्षीय छोरा युवनलाई सिन्धुली अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि हेलिकोप्टरमार्फत लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।  दुर्घटनामा परी सिन्धुली कमलामाई नगरपालिका –३ बस्ने बर्ष २५ का नवराज बम्जन, कमलामाई नगरपालिकाको रानीखोला बस्ने ४० वर्षीया खिलमाया गुरुङ छातीमा चोट लागी गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्र बहादुर सिंहले बताए।  गाडी चालक सिन्धुलीको कमलामाई नगरपालिका–७ गडौलीका करिब २६ वर्षीय प्रकाश श्रेष्ठ प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित मिति : १३ असार २०७६ शुक्रबार ००:००  २ : ३९ बजे