२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

भरुवा बन्दुकसहित पक्राउ



संखुवासभा ।
पाँचखपन नगरपालिका–६ बाट भरूवा बन्दुकसहित एक पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा वाना प्रहरीले पाँचखपन–६ सङ्खुवामगरगाउँका २९ वर्षीय जगत रानामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। रानालाई घरभित्र लुकाई ‘लोड’ गरेर राखेको भरूवा बन्दुकसहित शनिबार प्रहरीले पक्राउ गरेको हो। बन्दुकसहित पक्राउ परेका रानामगरलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  १० : ३४ बजे