८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

छोरीकै संलग्नतामा आमाको हत्या, हत्या गर्न प्रेमीलाई १२ लाख दिएको खुलासा



काठमाण्डौ ।
भक्तपुरको चाँगुनारायण – ७ बाँसवारीकी सावित्री भट्टराईको हत्या उनकै छोरीले गराएको खुलेको छ । छोरी ईश्वरीकै घरमा बस्दै आएकी ६१ वर्षीया सावित्रीको गएको आइतबार बिहान चक्कु प्रहार गरी घाँटी रेटेर हत्या भएको थियो ।
हत्या आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरी ईश्वरीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका ४ घर भई भक्तपुरको पुरानो ठिमी बस्ने २३ वर्षीय मोहम्मद नौसाद, भारतको जनक भगत, ईडी ३५ नई अशोक नगर बसुन्धारा ऐक्लेवका २४ वर्षीय अर्जुन कुमार भन्ने भोला कुमार, भारतकै मधुमनीका २४ वर्षीय मोहम्मद रहिश र मृतककी छोरी ईश्वरी भट्टराई रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार छोरी ईश्वरी र सिरहा घर भइ पूरानो ठिमी बस्दै आएका मोहम्मद नौसादबीचको सम्बन्ध आमाले थाहा पाएपछि त्यसबाट बँच्न छोरीले नै नौसादसँग सल्लाह गरी १२ लाख रुपैयाँ दिएर मार्न लगाएको खुलेको छ ।
नौसाद र भोला कुमारले भारतबाट मोहम्मद रहिशलाई बोलाएर सावित्रीको हत्या गरेको अनुसन्धानमा पाइएको महानगरीय अपराध महाशाखा टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बताउनुभयो ।

प्रकाशित मिति : १६ असार २०७६ सोमबार ००:००  १ : ३३ बजे