१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

सिंगापुरलाई हराउँदै हङकङ फाइनलमा, उपाधिका लागि नेपालसंग भिड्ने



काठमाडौं ।
मलेसियामा जारी एसिसी यू-१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने तय भएको छ।
सोमबार भएको दोस्रो सेमिफाइनलमा सिंगापुरलाई डिएल पद्धतिका आधारमा ५१ रनले पराजित गर्दै हङकङले नेपालसँगको भेट पक्का गरेको हो।
पहिलो सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगिसकेको छ।
वर्षाले प्रभावित खेलमा हङकङले दिएको २४८ रनको लक्ष्यसहित सिंगापुरले जवाफी ब्याटिङ गरिरहँदा खेल वर्षाले रोकिएको थियो। वर्षाले खेल रोकिनु अघि सिंगापुरले २८ ओभर ३ बलमा ५ विकेट गुमाएर ९७ रन जोडेको थियो। त्यसपछि खेल सुचारु भएन र डिएलमा हङकङ विजयी भयो।
यसअघि पहिले ब्याटिङ गरेको हङकङले पूरै ५० ओभरमा ९ विकेट गुमाएर २४७ रन बनाएको थियो। नेपाल र हङकङबीचको फाइनल खेल मंगलबार हुनेछ। उपाधि विजेता टिम यू-१९ एसिया कपमा छनोट हुनेछ।

प्रकाशित मिति : २३ असार २०७६ सोमबार ००:००  ४ : १० बजे