काठमाडौं ।
कृषि तथा सहकारी मन्त्री चक्रपाणी खनालले भारतबाट आउने सबै चिजमा विषादी मात्रै देख्नु वैज्ञानिक नहुने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै मन्त्री खनालले आर्थिक वर्ष २०७५-७६ परीक्षण गरिएका १९ सय स्याम्पलमध्ये केबल २ मा मात्रै ग्रीन जोन भन्दा माथिल्लो तहमा विषादी देखिएको जिकिर गरे ।
हामी विषादी परीक्षणको निर्णयबाट ब्याक हुनुपर्ने कारण छैन । मुख्य नाका भन्सार बिन्दुमा चेकजाँच गर्ने अन्तर्रा्ष्ट्रिय प्रचलन पनि छैन । ल्याबमा नै लाने हो । त्यसका लागि ६ महिनासम्ममा पूर्वाधार बनाइसक्छौँ।’ नेपालमा अहिले अन्तर्रा्ष्ट्रिय मान्यता प्राप्त ल्याब नरहेकाले समस्या भएको उनले सुनाए ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले अहिले पनि विषादी परीक्षण आफ्नै प्रक्रियामा भइरहेको बताए । मन्त्री खनालले अहिलेपनि जोखिमयुक्त तरकारी तथा फलफूल नगन्य मात्रामा रहेको सुनाए । काठमाडौं उपत्यकाबाहिर अहिलेपनि ६–७ वटा ल्याबहरु रहेका मन्त्री खनालले सुनाए ।
उनले हरेक कुरामा विषादीमात्रै छ भनेर देख्ने तरिका पनि वैज्ञानिक नभएको गुनासो पोखे । ०७१ साल यताको रेकर्ड हेर्दा ग्रिन जोनभन्दा तल धेरै कम मात्रामा रहेको उनले डाटा सुनाए ।
भारतबाट मात्रै नभएर भुटानबाट आयात हुने आलुलगायतका वस्तु र चीनबाट आयत हुने स्याउ परीक्षण हुने गरेको मन्त्री खनालले जनाए । सर्वोच्च अदालतले हिजोमात्रै विषादी परीक्षण नरोक्न दिएको आदेश आफूहरुले पालना गर्नेपनि उनले विश्वास दिलाए ।
मन्त्री खनालले भारतलगायत तेश्रो मुलुकबाट नेपाल आयात गरिने फलफुल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा ६ महिना लाग्ने स्पष्ट पारे । केन्द्रीय प्रयोगशालाले २९ वटा विषादीका समुहको परीक्षण गर्ने भएपनि बाकीमा २ वटा प्यारामिटर मात्रै चेक हुँदै आएको उनले स्पष्ट पारे ।
२६ असार २०७६ बिहिबार ००:००
0
Shares






प्रतिक्रिया