२२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

सुर्खेतका जिल्ला वन प्रमुख चार लाख घुससहित पक्राउ



सुर्खेत ।
जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डिएफओ) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। जिल्ला वन प्रमुख भक्तबहादुर लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै शुक्रबार मध्यान्ह १२ बजे चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले लामालाई कार्यकक्षबाटै घुससहित पक्राउ गरिएको जानकारी दिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयले लामा सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेको पुष्टि गरेको छ । ’लामालाई घुससहित पक्राउ गरिएको छ’, अख्तियारका प्रवक्ता कोइरालाले भने, ’लामा एकजना पक्राउ परेका छन्। यसबारे विस्तृत विवरण आइसकेको छैन।’

प्रकाशित मिति : २७ असार २०७६ शुक्रबार ००:००  १ : ३३ बजे