२२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

घरको पर्खाल भत्किँदा राजधानीमा एकै परिवारका तीनको मृत्यु



काठमाडौं ।
काठमाडौंको मूलपानीस्थित बाबा चोकमा घरको पर्खाल भत्किँदा एकै परिवारको तीनजनाको मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी नरेन्द्र चन्दका अनुसार मृत्यु हुनेमा शर्मिला यादव, उनको छोरा कुन्दन यादव र देवरानी निलु यादव छन्।

स्थानीय बलराम खत्रीको पक्की घरको पर्खाल भत्किँदा यादव परिवार बस्ने टहरा पुरेको थियो।डिएसपी चन्दका अनुसार टहराभित्र बसेका यादवको परिवारको घटनास्थलमै मृत्यु भएको हो।
लगातार परेको वर्षाले उपत्यकालगायत देशभरिका विभिन्न ठाउँ डुबानमा परेका छन्।

प्रकाशित मिति : २७ असार २०७६ शुक्रबार ००:००  ५ : २९ बजे