९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

वर्षाले क्षति अपडेटः २१ जनाको मृत्यु, १० घाइते, १० जना बेपत्ता 



काठमाडौं ।

अविरल वर्षासँगै बाढीपहिरोका कारण शुक्रबार २१ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीका अनुसार १० जना घाइते भएका छन्। शनिवार बिहान ६ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै नेपाल प्रहरीले बाढी पहिरोमा परी अहिलेसम्ममा १० जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी जारी राखेको प्रहरीले जनाएको छ। यो अवधिमा ५० जनाको उद्धार गरिएको छ। प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट जनशक्ति, स्रोत साधन परिचालन गरी उद्धार जारी राखेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ असार २०७६ शनिबार ००:००  १२ : २९ बजे