८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

पाँच घण्टा बिजुली जाँदा अमेरिकामा हंगामा



एजेन्सी ।
आइतबार साँझ अचानक बत्ती गएपछि अमेरिकाको न्यूयोर्कमा हंगामा मच्चियो। कतिपय मानिसहरू ट्रेन तथा लिफ्टमै अड्किए, ट्राफिक व्यवस्था अस्तव्यस्त भयो। म्यानहटन क्षेत्रका ७० हजार घर तथा पसलहरूमा अँध्यारो छायो। अन्ततस् पाँच घण्टापछि लाइन आयो। आगलागीका कारण बत्ती गएको बताइए पनि प्रशासनले यसबारे अनुसन्धान भइरहेको जनाएको छ। न्यूयोर्कका मेयर बिल डे ब्लासियोले नियतबस् नभई मेकानिकल समस्याका कारणु आपूर्ति रोकिएको बताएका छन्। न्यूयोर्कका बासिन्दाले विद्युत् आपूर्ति रोकिँदा आफ्ना पूर्वनिर्धारित कार्यक्रमहरूमा गडबड भएको भन्दै रोष प्रकट गरेका छन्। केहीले आपूर्ति सुचारु हुँदाको भिडियो सामाजिक सञ्जाल ट्विटरमा अपलोड गरेका छन्। अमेरिकामा सन् १९७७ मा यसरी नै अचानक विद्युत् आपूर्ति रोकिँदा ठूलो लुटपाट मच्चिएको थियो।

प्रकाशित मिति : २९ असार २०७६ आइतबार ००:००  २ : ४९ बजे