२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

बुद्धभूमिका युवा किसानले पाए मेयर श्रेष्ठको हातबाट नगद चेक !



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका भित्र रहेका २२ कृषि समुह तथा सहकारीलाई नगरपालिकाले अनुदान रकमको चेक हस्तान्तरण गरेको छ । नगरपालिकाको कृषि शाखा अन्तर्रगत नगरपालिकामा सुचिकृत समुह तथा सहकारीलाई विभिन्न कार्यक्रम अन्तर्रगत २५ लाख बढीको अनुदान रकम हस्तान्तरण गरिएको हो ।
शाखाले युवा लक्षित कार्यक्रम तर्फ ३९ जनालाई २५ हजार ६ सय ४१ का दरले सहयोग प्रदान गरेको छ भने साना सिंचाई तर्फ २२ जनालाई ६५ हजार ९ सय ९ रुपैँयाका दरले र साझेदारी कृषि कार्यक्रम तर्फ १४ जनालाई ५० हजारका दरले सहयोग रकम हस्तान्तरण गरेको हो ।
कार्यक्रममा चेक रकम हन्तान्तरण गर्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरपालिका क्षेत्र भित्रका कृषि क्षेत्रमा लागेका युवाहरुलाई प्रोत्साहन गरेर आयस्तर बृद्धि गर्नका लागि सहयोग रकम हस्तान्तरण गरिएको बताउनुभयो । अनुदान रकमलाई सही सदुपयोग गरेर आयस्तरमा बृद्धि गर्न नगर प्रमुख श्रेष्ठले आग्रह गर्नुभएको छ । सहयोग रकम प्रोत्साहनका लागि दिइएको उहाँले बताउनुभयो ।
कार्यक्रममा ४ नं. वडाका वडाध्यक्ष पवन कुमार थारुले युवालाई नमुना किसान बन्न आग्रह गर्नुभएको छ । देशमा बढ्दो युवा बेरोजगारीको मारमा परिरहेको बेला नगरपालिकाले युवालाई प्रोत्साहन गर्नका लागि सहयोग रकम दिएको बताउनुभयो ।
कार्यक्रम कृषि शाखा राजेन्द्र प्रसाद चौधरी, कृषि अधिकृत देवीराम बेल्वासेको स्वागत तथा प्राविधिक सहायक कनैया थारुको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ३१ असार २०७६ मंगलबार ००:००  ७ : ५७ बजे