२२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

बल्खु र कालीमाटीका १९ जना तरकारी व्यापारीलाई ठाउँको ठाउँ जरिवाना



काठमाडौं ।
अत्यधिक नाफा लिएर तरकारी बेच्ने बल्खु र कालीमाटी तरकारी बजारका १९ व्यापारीलाई ठाउँको ठाउँ जरिवाना गरिएको छ। शुक्रबार बिहान स्थलगत अनुगमन गर्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले दुवै बजारका गरी १९ व्यापारीलाई ५ देखि २० हजारसम्म जरिवाना गरेको हो।
अनुगमनस्थलमै होलसेल व्यापारीलाई कारबाही गरेको यो पहिलोपटक हो। एक व्यापारीले लिएको तरकारी भित्रकै अर्को पसलमा बेच्दा ४०-५० रुपैयाँ नाफा राखेर बेचेको पाइएपछि कारबाही गरिएको टोलीले जनाएको छ। अनुगमन जारी रहेको जनाइएको छ।

प्रकाशित मिति : ३ श्रावण २०७६ शुक्रबार ००:००  २ : ३९ बजे