राम अवतार चौधरी, चन्द्रौटा ।
समयमा पानी नपर्दा कपिलवस्तुका किसान सुख्खा खेतमा धान रोप्न बाध्य भएका छन् । नेपाल जलस्रोतमा विश्वको दोस्रो धनी देश भएता पनि कृषिमा सरकारको लागानी न्युन हुँदा बर्षेनी किसानले दुख पाउने गरेका छन् । यस बर्ष प्रयाप्त पानी नपर्दा जिल्लाका किसान मर्कामा परेका हुन् ।
जिल्लाको पूर्वी भेगमा सिंचाइको सुविधा भएपनि पश्चिमी क्षेत्रमा कुनै सुविधा छैन् । राप्ति नदीलाई डाइर्भसन गरी कपिलवस्तुमा सिंचाइको सुविधा दिने नेताहरुले पटक पटक आश्वासन बाँडे पनि अहिले सम्म यस विषयमा कुनै प्रगति भएको छैन् । राप्ती नदीको पानी ल्याउनु बाहेक अर्को विकल्प पश्चिमी क्षेत्रका किसानलाई छैन् ।
नेपालको कृषि प्रणालीमा उचित व्यवस्थापन र उपयोग नहुँदा किसान, व्यापारी, जनावर लगायत अन्य प्राणी मर्कामा पर्दै आएका छन् । हालको मनसुनी गतिविधि हेर्दा खेतीयोग्य जमिन पनि मरुभूमि बन्ने सम्भावना देखिन्छ ।
शिवराज नगरपालिका वडा नं. ८, लक्ष्मणपुरका किसान छागुर मौर्याले पानी नहुादा सुख्खा खेतमा धान रोप्न बाध्य हुनुहुन्छ । मौर्या भन्नुहुन्छ, “बिकासमा देश फड्को मार्दै गर्दा कृषि तर्फ सरकारको ध्यान गएन, अहिले धान गोड्ने बेला सुख्खा खेतमा धान रोप्न बाध्य छौं ।”
सिंचाइ सुविधा समाधानका लागि स्थानीय सरकारले पनि विभिन्न विकल्प अपनाएको शिवराज नगरपालिकाले जनाएको छ । स्थानीय पोखरीको मर्मत सम्भार गरेर सिंचाइको सुविधा पुर्याउने उद्धेश्य नगरपालिकाको छ । नगरपालिकामा ठूलो बजेट नहुने हुँदा दीर्घकालिन रुपमै सिंचाइको असुविधा अन्त्य गर्न नसके पनि सामान्य विकल्प अपनाएको नगर प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । गत बर्ष पनि साना सिंचाइको विभिन्न कामहरु भएको र यस बर्षपनि त्यसलाई निरन्तरता दिने बताउनुभयो ।
२४ श्रावण २०७६ शुक्रबार ००:००
0
Shares






प्रतिक्रिया