७ असार २०८३, आइतबार | Sun Jun 21 2026

राप्रपाले देशैभर प्रशिक्षण अभियान चलाउँदै



काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले देशैभर प्रशिक्षण अभियान सुृरु गरेको छ। गत साउनमा काभ्रेको धुलिखेलमा सम्पन्न भएको केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा सहभागी केन्द्रीय प्रशिक्षकहरु अहिले जिल्ला स्तरीय प्रशिक्षणको निमित्त जिल्ला जिल्लामा खटिएको राप्रपाले जनाएको छ।

भदौ महिनाभित्र ७७ जिल्लामा प्रशिक्षण सम्पन्न गर्ने योजनाका साथ प्रशिक्षण अभियान शुरु गरिएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। बर्तौलाका अनुसार मोरङ, स्याङ्जा र धनकुटामा प्रशिक्षण सम्पन्न भईसकेको छ भने यो हप्ता भित्र गोर्खा , लमजुङ , झापा, बैतडी, पाँचथर, इलाम, सुनसरीको प्रशिक्षण तय गरिएको छ।
प्रशिक्षण विभागका प्रमुख एवं पार्टी प्रवक्ता भुवन पाठकका अनुसार मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्था, संगठन निर्माण वर्ष २०७६ को कार्य योजना ,संगठन निर्माण र नेतृत्व विकास, सैधान्तिक बैचारिक पक्ष, सकृय सदस्यता बितरण अभियान, केन्द्रीय महाधिवेशनको तयारी, सूचना प्रविधिका विषयमा प्रशिक्षण दिइने छ।
राप्रपाले भदौ महिनाभित्र सबै जिल्लामा प्रशिक्षण सम्पन्न गर्ने लक्ष्य राखेको छ। प्रवक्ता पाठकका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली कञ्नपुरको प्रशिक्षणको पनि मिति तय भैइसकेको छ। असोज महिनामा स्थानीय तहहरुमा प्रशिक्षण सञ्चालन गरिने छ।

प्रकाशित मिति : ११ भदौ २०७६ बुधबार ००:००  १२ : २५ बजे