६ असार २०८३, शनिबार | Sat Jun 20 2026

संविधान दिवसमा गलफ्रेण्ड र ब्वाईफ्रेण्डलाई भेट्न जान विदा दिएको होइनः संचारमन्त्री बास्कोटा



काठमाण्डौ ।
संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउन आग्रह गरेका छन् ।
संविधान दिवस मूल समारोह समिति अन्र्तगत प्रचार प्रसार उपसिमितिले बुधबार संचार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले सरकारले संविधान दिवस भव्यताका साथ मनाउन सार्वजनिक विदा दिएको उल्लेख गर्दै सबैको अर्थपुर्ण सहभागीताको अपेक्षा गरेको बताए ।

संविधान दिवसमा गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ संस्था, निजी क्षेत्रका संघ संस्था लगायत सबै बर्ग र क्षेत्रको अर्थपुर्ण सहभागीता हुनुपर्नेमा उनले जोड दिए ।
‘त्यो दिन तास खेल्न, पिकनिक खान, वियर खान, गलफ्रेण्ड र ब्वाईफ्रेण्डलाई भेट्न जानका निम्ति विदा दिएको होइन,’ उनले भने, ‘विदा राष्ट्रिय दिवस नै मनाउन दिएको हो ।’
उनले संविधान दिवसलाई कर्मकाण्डी भन्दा सबै बर्ग विशेषको सहभागीता हुने गरी हर्षोल्लासपुर्ण रुपमा मनाउनका लागि श्रृजनात्मक कार्यक्रमहरुको नमुना सुझाउन पनि सरोकारवालाहरुलाई आग्रह गरे ।
संविधान दिवस मूल समारोह समिति अन्र्तगत संचारमन्त्री बाँस्कोटाको संयोजकत्वमा गठित प्रचार प्रसार उपसिमितिले बुधबार संचारक्षेत्रसँग सम्बन्धीत सबै सरोकारवालाहरुसँग छलफल गरेको हो ।

प्रकाशित मिति : ११ भदौ २०७६ बुधबार ००:००  ४ : ०८ बजे