१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

रवि लगायत तीनैजनाको सुनुवाइ २ असोजमा



काठमाडौं ।
पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहनका अभियुक्त रवि लामिछाने र युवराज कँडेल तथा अस्मिता कार्कीलाई थुनामा राखेर थप अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटको सुनुवाइ सरेको छ। उच्च अदालत पाटनको हेटौंडा इजलासले रवि, युवराज र अस्मितालाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै दर्ता भएको निवेदनमाथि अब आगामी असोज २ गते विहिबार सुनुवाई हुने भएको हो। रवि पाँच लाख, युवराज तीन लाख रूपैयाँ धरौटीमा छुटेका थिए भने अस्मिता सामान्य तारेखमा छुटेकी थिइन्। तीनै जनालाई थुनामा राख्न माग गर्दै सरकारी वकिलको कार्यालयले गत सोमबार उच्च अदालतमा निवेदन दर्ता गरेको थियो।

प्रकाशित मिति : २६ भदौ २०७६ बिहिबार ००:००  १२ : ५४ बजे