८ असार २०८३, सोमबार | Mon Jun 22 2026

नेकपाको सचिवालय बैठक आज



काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज (शनिबार) बस्दैछ ।नेकपाका अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अस्वस्थताका कारण बिहीबार स्थगित भएको बैठक शनिबार बस्न लागेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।
आजको बैठकमा प्रदेश २ को नेकपा देखिएको विवादमा छलफल गरिने बताइएको छ। साथै, बैठकले एकता प्रक्रियाका बाँकी रहेका कामको पनि टुङ्गो लगाइने पार्टीले जनाएको छ।
पार्टीको लेखा आयोग, प्रवास कमिटी, अनुशासन आयोग लगायतका विभिन्न सङ्गठनको समायोजन तथा कार्य्विभाजन गर्ने तयारी थियो।

प्रकाशित मिति : ४ आश्विन २०७६ शनिबार ००:००  ८ : १४ बजे