बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले कृषि समुहलाई कृषि सामग्री वितरण गरेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ वडाको आयोजनामा वडामा रहेका २० वटा सूचिकृत समूहलाई कृषि सामग्री वितरण गरिएको हो ।
समुहलाई तरकारी बिऊमा काउली, बन्दा, टमाटर, मूला, चम्सुर, सिमी जनप्रतिनिधिको रोहवरमा वितरण गरिएको छ ।
यस्तै जिन्सीमा स्प्रे, हजारी, प्लाष्टिक टनेल जस्ता कृषि सामग्री एक समारोहका बीच वितरण गरेको छ ।
बाणगंगा नगरपालिका कृषि शाखाबाट तरकारीको बिऊ, मिनीकेट सहयोग रहेको छ ।
वर्षायामको समाप्ति पछि कृषकलाई तरकारी खेतीको बिऊ उत्पादन गर्नको लागि वडाले वजेट विनियोजन गरेको वडाध्यक्ष ध्रुव वेल्वासेले बताएका छन् ।






प्रतिक्रिया