७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सिद्धान्तको टुंगो नभएका कम्युनिष्टहरु नेपालमाः नेता पौडेल



दाङ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको सिद्धान्तको अझै टुंगो नलागेको टिप्पणी गरेका छन् ।
दाङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले स्थापनाकाल देखि नै सिद्धान्तमा ‘कन्फूज’ भएका कम्युनिष्टहरुले माक्र्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, प्रचण्डपथ जनताको जनवाद के के भन्दै अहिले सी पथमा जाने तयारी गरिरहेको आरोप लगाए ।
समाजवाद उन्मुख राज्य भन्दै हिडेका छन कम्युनिष्टहरु तर नेपालको समाजवाद के हो भन्ने सक्दैनन । केहिले के कहिले के भनेर छलछाम गर्दै हिडेका छन् ।
जनतालाई गुमराहमा राख्ने काम गरिरहेका छन् । आफुहरु सिद्धान्तमा नै कन्फुज भएपछि जनतालाई पनि कन्फुजनमा राख्ने प्रयास गरिरहेका छन् ।’ उनले कम्युनिष्टहरुको सिद्धान्तको टुंगो नलागेका कारण मुलुकलाई अगाडि बढाउन नसकेको बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७६ बिहिबार ००:००  १० : ४१ बजे