२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

नेपाली भिक्षु सिंगापुरको जेलमा



काठमाण्डौँ ।

महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ४२ वर्षीय नेपाली भिक्षु दावा तामाङलाई सिंगापुरको राज्य अदालत स्टेट कोर्टले पाँच महिना जेल चलान गर्न आदेश दिएको छ।असार २६ गते सिंगापुरको गेलाङस्थित एक होटल अगाडि तामाङले एक महिलाको छाती छोएको आरोपमा अदालतमा मुद्दा परेको थियो। आफूमाथि दुर्व्यवहार भएको भन्दै ती महिला मुद्दा दायर गरेलगत्तै तामाङ पक्राउ परेका थिए।

दुर्व्यवहारमा परेकी भनिएकी महिलाको अदालतले समेत परिचय खुलाएको छैन।राज्य अदालतका न्यायाधीश जश्वेरले आपराधिक क्रियाकलाप गरेको भन्दै स्थानीय कानुनअनुसार सजाय तोकेका हुन्।

‘सिंगापुरको गेलाङ रोडअघि बाटोमा हिँड्ने क्रममा एक महिलामाथि बल प्रयोग गरी बाँया हातले कपडाबाहिरबाट अपमानजनक ढंगले दाहिने स्तन छोएकाले तिमीले गरेको कार्य दण्डनीय छ,’ अदालतले भनेको छ, ‘त्यसैले दण्ड संहिताअनुसार अपराध ठहरिएको छ।’यो खबर नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : १० आश्विन २०७६ शुक्रबार ००:००  ७ : ०७ बजे