१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

उप निर्वाचनको लागि दललाई चुनाव चिन्ह, पुरुषदेखि साँढे गोरुसम्म



काठमाण्डौँ ।
निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा भाग लिन दर्ता भएका विभिन्न २१ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ।आयोगको बिहीबार बसेको बैठकले उपनिर्वाचनमा भाग लिन दर्ता भएका नयाँ २१ राजनीतिक दललाई निर्वाचन चिह्न दिएको हो।

आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन २०७४ मा दर्ता हुन छुटेका, एकीकरण भएका र नाम परिवर्तन भएका दललाई दर्ता हुन भदौ ३१ गतेसम्मको समयसीमा तोकेको थियो। जसअन्तर्गत २१ राजनीतिक दल दर्ता आयोगमा दर्ता भएका थिए।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमका अनुसारचुनाव चिह्न पाउने दलमा नेकपालाई सूर्य, ग्रिन पार्टी नेपाललाई त्रिशूल, नेपाल लोकतान्त्रिक पार्टी दुईहात जोडेको नमस्कार, राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिकलाई साँढे गोरु, समाजवादी पार्टीलाई पाँच औंलासहितको हत्केला, साझा पार्टीलाई तराजु, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तलाई हलो, मुस्कान सेना नेपाललाई पुरुष, नेपाल परिवार दललाई साँचो दिइएको छ।

प्रकाशित मिति : १० आश्विन २०७६ शुक्रबार ००:००  ७ : ५८ बजे