२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

आज विश्व मुटु दिवस, मुटु कसरी संरक्षण हुन्छ ?



मायादेवी अनलाइन,कपिलवस्तु ।
आज विश्व मुटु दिवस, हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै छ । धुम्रपान र मद्यपानको सेवन, व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्याधिक प्रयोग, अशुद्ध खानेकुराहरु, प्रशोधीत अनि केमिकलजन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा प्रकृतीसंगको दुरीका कारण आदि कुराले मानिस हृदयरोगको सम्भावित जोखिममा रहेका छन् । त्यसैले आज यिनै सम्बन्धि जनचेतनामूल्क कार्यक्रम गरिन्छ ।
यी कुराहरुमा मात्र पनि ध्यान दिन सकेमा करिब ८० प्रतिशत हृदय रोगीहरुको असामहीक मृत्यूलाई रोक्न सकिन्छ ।मुटु रोगबाट बच्ने जानकारी, उपचार अनि सचेतनाको शक्तिलाई विश्व भरि सबैसमक्ष र्पूयाउन शक्तिलाई बिकेन्द्रित गरौं भन्ने आव्हान गरिएको हो ।यस्तै मुटु दिवसमा आ बिभिन्न जनचेतनामुलक कार्यक्रम गरिन्छ । यससंग सरोकार राख्ने संघसंस्थाले आज मुटु बचाउने सम्बन्धि बिभिन्न य्याली तथा कार्यक्रम गर्दछन् । कपिलवस्तुमा पनि मुटु दिवसको अवसरमा बिभिन्न कार्यक्रम हुने जनाइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६ आइतबार ००:००  ६ : ३७ बजे