२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मनास्लु चढ्ने क्रममा पोल्याण्डकी आरोहीको निधन



कास्की ।
गोरखास्थित मनास्लु हिमाल आरोहणको क्रममा तेस्रो शिविर पुगेकी पोल्याण्डकी आरोहीको शनिबार मृत्यू भएको छ । ६०८६७०४ नम्बरको राहदानीवाहक रिता डोनेटा ब्लाड्यको लेक लागेर मृत्यू भएको हो। जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम अधिकारीका अनुसार ५० वर्षीया उनी सेभेन सम्मिट ट्रेक्स प्रालिबाट मनास्लु आरोहणका लागि गएकी थिइन्। उनको शव अहिलेसम्म पनि तेस्रो शिविरमै रहेको सेभेन सम्मिटका मिङ्मार शेर्पाले जानकारी दिए। तेस्रो शिविरबाट शिखरतर्फ जाँदै गर्दा बिरामी हुनु भयोु, उनले भने, शेर्पाहरुले तल शिविरतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो। उनको टिममा १४ जना आरोही थिए।

प्रकाशित मिति : १२ आश्विन २०७६ आइतबार ००:००  १ : ०१ बजे