१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

दाङमा खोलामा डुबेर दुई किशोरीको ज्यान गयो



दाङ ।
दाङमा खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर ९ बाङेतालका १४ वर्षीया टीका घर्ती र घोराही १० नारायणपुरका १५ वर्षीया निरु बोहराको डुबेर ज्यान गएको हो ।

बिहीबार बेलुकी ६ बजेतिर घर नजिकै रहेको सिमलसोता खोलामा नुहाउन गएको समयमा पौडी खेन्ले क्रममा उनीहरु डुबेका थिए ।

तत्कालै उद्धार गरी अस्पताल लगिए पनि लमही अस्पतालमा उपचारको क्रममा दुवैको बिहीबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पोस्ट मार्टमका लागि शव लमही अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६ शुक्रबार ००:००  ८ : ३० बजे