१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

दशैंमा बर्षाले असर गर्ला कि नगर्ला ? यस्तो भन्छन्, मौसमविद



काठमाडौं ।

अहिले सबैलाई दशैंले छोइसकेको छ । काम विशेषले घर बाहिर रहेकाहरु धमाधम घर फर्किरहेका छन् । दशैंको टीका नजिकिंदै गर्दा मज्जाले खुल्न नसकेको आकाशका कारण दशैंमा झरी पर्ने हो कि भन्ने चिन्ता पनि सर्वसाधरणमा छ ।

दशैंमा पानी परे आउजाउमा समस्या होला कि भन्ने चिन्ता बढिरहेका बेला पानी पार्ने प्रणाली मनसुन दिन प्रतिदिन कमजोर हुँदै गएको मौसमविद्ले बताएका छन् । दशैंमा वर्षाले खासै असर र्पुयाउने संकेत नदेखिएको उनीहरुले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार दशैं अवधिभर मनसुन नबाहिरिने भए पनि सामान्य, क्षणिक वर्षाबाहेक त्यस्तो ठूलो पानी पर्ने सम्भावना छैन ।

‘मनसुन क्रमशः कमजोर नै हुँदै गएको देखिएको छ,’ मौसविद् पोखरेलले भनिन्, ‘त्यस्तो आत्तिन पर्ने अवस्था छैन, दशैंमा ठूलो पानी पर्ने सम्भावना छैन ।’

वर्षा भए पनि छिटफुट, क्षणिक र सामान्य खालको मात्र हुने उनको अनुमान छ । ‘कतै कतै मध्यसम्म पनि वर्षा हुन सक्ने देखिन्छ,’ उनको अनुमान छ, ‘तर बाढी पहिरो जाने, सतर्कता अपनाउनुपर्ने अवस्था छैन ।’

प्रकाशित मिति : १७ आश्विन २०७६ शुक्रबार ००:००  ९ : ३२ बजे