८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

पोखरामा बस दुर्घटना, ३० यात्रु घाइते



कास्की ।
पोखरा महानगरपालिका–३१ बेगनासको त्रिशूली डाँडामा शुक्रबार बस दुर्घटना भएको छ। बेगनासबाट पोखरा आउँदै गरेको ग१ख ४७७१ नम्बरको बस सडकबाट झण्डै ६० फिट तल खसेको हो। इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख मोहन खाँणका अनुसार दुर्घटनाबाट बसमा सवार करीब ३० जना यात्रु घाइते भएका छन्। घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ आश्विन २०७६ शुक्रबार ००:००  २ : ०५ बजे