१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

बुटवलमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु



बुटवल ।
बुटवलमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलको नयांगाउंमा मोटरसाइकल अनियन्त्रित भई पल्टिंदा चालक बुटवल–३ गोलपार्कका ४५ वर्षिय गणेश अधिकारीको मृत्यु भएको हो ।
पश्चिमबाट पुर्वतर्फ आउंदै गरेको लु ३० प २३२१ नं.को मोटरसाइकल नयांगाउको मिलनपार्क नजिक शुक्रबार बिहान अनियन्त्रित भएर पल्टिंदा अधिकारी गम्भीर घाइते भएका थिए । अधिकारीको उपचारका क्रममा शुक्रबार बिहान बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
त्यस्तै बुटवल–१० बुटवल मण्डप अगाडि मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गएको छ । लु ४४ प ७६५६ नम्बरको मोटरसाइकलले गए राति ११ बजेतिर ठक्कर दिंदा घाइते भएका अन्दाजी ५५ वर्षिय नाम ठेगाना नखुलेका पुरुषको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६ शुक्रबार ००:००  ४ : ०९ बजे