२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

दाङ र बाँकेको सीमाना शिव खोलामा यात्रुवाहक बस दुर्घटना



दाङ ।
काठमाडौँबाट सुर्खेतको लागि छुटेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । ना ७ ख ६८४१ नम्बरको बस दाङ र बाँके जिल्लाको सीमानामा रहेको शिव खोलामा दुर्घटनामा परेको हो ।
दुर्घटना स्थलमा प्रहरी र नेपाली सेनाको टोली पुगेर घाइतेहरुको उद्धार गरेका छन् । दुर्घटना स्थल बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ मा पर्ने ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ । बसमा सवार यात्रुहरुलाई सामान्य चोटपटक लागेको र उनीहरुलाई उपचारको लागि कोहलपुर र नेपालगञ्ज पठाइएको छ ।
बसमा सवार ८–९ जनालाई अली धेरै चोट लागेको छ । उनिहरुलाई उपचारको लागि नेपालगञ्ज पठाएको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिमबहादुर घर्तीले बताउनुभयो ।

प्रकाशित मिति : १९ आश्विन २०७६ आइतबार ००:००  १० : १३ बजे