बिष्णु कुमार आले।
अर्घाखाँचीमा सोमबार दिउसो जिप दुर्घटना हुदा एकै घरका २ जना सहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि ६ जना घाईते भएका छन । मृत्यु हुनेमा दाङ लमही नगरपालीका वडा नम्बर ५ मिलनचोक आदर्शटोलका ५१ बर्षिय घनश्याम खनाल , उनको ४६ बर्षिय श्रीमति श्यामकला खनाल र कपिलवस्तु बुद्धभुमी नगरपालीका २ का २४ बर्षिय दिलिप अधिकारी रहेका छन् । घाईते ६ जना मध्ये ४ जनाको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । घाईते मध्ये अर्घाखाँची भुमिकास्थान नगरपालीका १० धनचौर निवासी १९ बर्षिय सिमा रेग्मी र वहाँको १ बर्षिय छोरा आदित्य रेग्मी जिल्ला अस्पताल सन्धिखर्कमा उपचार पछि घर फर्केका छन् । अन्य घाईतेहरुमा कपिलवस्तु बुद्धभुमी २ का जिप चालक बिरेन्द्र श्रेष्ठ , अर्घाखाँची भुमिकास्थान १० का ३० बर्षिय उमेस रेग्मी , भुमिकास्थान २ ढाकावाङ घर भई हाल दाङ लमही ५ मिलनचोक बस्दै आएका १२ बर्षिय अनिता खनाल र सोहि ठाँउका १६ बर्षिय बिन्दु खनालको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । घाईते १२ बर्षिय अनिता र १६ बर्षिय बिन्दु मृतक दुई दम्पतीका छोरीहरु हुन् । मृतक खनाल दम्पतीको ४ जनाको परिवार ढाकावाङ स्थित बृद्ध बुवाआमाको हातबाट बडादशैको टिका थाप्न आफ्नो थातथलो जादै थिए । अर्का मृतक अधिकारीको घरमा यस पटक टीका नभएपछी कपिलवस्तु बाट अर्घाखाँची ठुलापोखरा मामाघर टिका लगाउन जादै गर्दा दुर्घटनामा परि निधन भएको हो । गोरुसिङगे बाट सन्धिखर्क जादै गरेको लु १ ज ४३२९ नम्बरको लंका यातायातको टाटा सोमो बलेरो जिप सन्धिखर्क ६ नरपानी रातामाटा स्थित सडकखण्ड बाट करिव १ किलो मिटर तल भिरबाट खसेर गाडी छिदबिच्छेद अवस्थामा खोलामा पुगेर दुर्घटना ग्रत भएको छ । दुर्घटना भएको जानकारी पाउने बित्तिकै नरपानी प्रहरी टोली, इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरिक्षक गणेश बहादुर नरालको नेतृत्वमा प्रहरी टोली, जिल्ला प्रहरी प्रमुख प्रकाश विष्टको नेतृत्वमा प्रहरी टोली, , प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल, पत्रकार बिष्णु कुमार आले , शसस्त्र प्रहरी नायव उपरिक्षक माधव रेग्मीको नेतृत्वमा शसस्त्र प्रहरी टोली , सेनानी सुमन थापाको नेतृत्वमा नेपाली सेनाका जवानहरु र ठुलो संख्यामा स्थानिय बासीन्दा घटनास्थल पुगेर उद्धार गरेका थिए । दुर्घटना एक्कासी ब्रेक नलागेपछी ओरालो सडकको डिल भासीएर भिरबाट तल खसेको घाईते चालकले प्रहरीलाई बताएका छन् । सवलाई पोष्टमाट्मका लागी जिल्ला अस्पताल सन्धिखर्कको सवगृहमा राखिएको छ । बडादशैको मुखैमा आएर गाडी दुर्घटनामा परि यात्रुहरुको मृत्युको खवरले खुसीमा रमाएका जिल्लाबासीलाई एका एक दुखी तुल्लाएको छ ।






प्रतिक्रिया