मायादेवी अनलाइन, कपिलवस्तु ।
हिन्दूहरुको ठूलो चाड विजयादशमी अन्तर्गत एकादशी देखि पूर्णीमा सम्म देशका विभिन्न स्थानमा धार्मिक पराम्परा अनुसार सराय जात्रा निकाल्ने चलन छ । बुधबार एकादशी तिथीमा अर्घाखाँची, गुल्मी र कपिलवस्तु जिल्लाका केही स्थानमा सराय जात्रा निकालिएको थियो ।
यसैबीच विहीबार बुद्धभूमि नगरपालिका वडा नं. १ को महेन्द्रकोट विरपुरमा सराय जात्रा निकालिने भएको छ । हरेक बर्षको द्धादसी तिथिमा निकालिदै आइएको सराय जात्रा यस बर्ष पनि निकाल्न थालिएको हो । सराय जात्राको सबै तयारी पूरा भएको बताइएको छ ।
यसैबीच शुक्रबार तृयादशी तिथीमा कपिलवस्तुको भलवाडमाको दुर्गा मन्दिरमा पनि सरायजात्रा निकालिने भएको छ । परम्परा र संस्कृतिलाई संरक्षण दिनको लागि शुक्रबार सरायजात्रा निकालिने तयारी भएको हाम्रा भलवाड सहकर्मी बाबुराम रायमाझीले जानकारी दिनुभएको छ । विहीबार भने चौवामा सराय जात्रा निकालिदैं छ ।
पूजाघरमा राखिएको फूलपाती बिर्सजनका लागि बाजागाजा सहितको टोली नजिकैको खोलामा सराय खेली विर्सजन गर्ने वताईएको छ । यस्तै हिन्दूहरुको महान पर्व वडादशैंको तृयादशीको अवसरमा कपिलवस्तुको चन्द्रौटामा सरायजात्रा र फूलपाती विसर्जन गरिने भएको छ ।
हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा कपिलवस्तुका सबै समुदायबीच धार्मिक, जातीय सद्भाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न र देशमा दीगो शान्ति सुव्यवस्था कायम गर्न चन्द्रौटाको दुर्गा भवानी मन्दिरमा सराय जात्रा र फूलपाती विसर्जन गरिने हाम्रा सहकर्मीले जनाएका छन ।
यसैबीच हाम्रा अर्घाखाँचीका सहकर्मी विष्णु कुमार आलेका अनुसार बिहीबार ठाडामा भव्य सरायजात्रा निकालिने भएको छ । ठाडा भगवती मन्दिरमा विहीबार भव्य सराजजात्रा निकालिन लागिएको हो । हरेक बर्ष विजयादशमी पछिको द्धादसी तिथिमा निकालिदै आइएको सरायजात्रा यस बर्ष पनि निकालिन थालिएको हो ।
२३ आश्विन २०७६ बिहिबार ००:००
0
Shares






प्रतिक्रिया