२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

यात्रु बाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, ५० भन्दा बढी घाइते



काठमाडौं ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० बडहरे झिल्केमा बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको छ । ५० जनाभन्दा धेरै घाइते भएका छन् । अहिले उद्धारको काम भैरहेको छ ।

बिहान सिन्धुपाल्चोकको सिपाटारबाट काठमाण्डौका लागि छुटेको बा २ ख २७ १५ नम्बरको बस दुर्घटना हुँदा ४ पुरुषसहित एक महिलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेको परिचय खुलेको छैन । अहिले घाइतेलाई अस्पताल लैजाने काम भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डीएसपी० माधव काफ्लेले जानकारी दिनुभयो । बसमा कति जना थिए भन्ने थाहा हुन सकेको छैन ।

प्रकाशित मिति : २४ आश्विन २०७६ शुक्रबार ००:००  १२ : ०८ बजे