२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

सिन्धुपाल्चोक दुर्घटना अपडेटः मृतकको संख्या सात पुग्यो दुईको सनाखत



काठमाडौं ।
सिन्धुपाल्चोकमा भएको यात्रु बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ। यस्तै घटनामा ४० जना भन्दा बढि घाइते भएका छन्। इन्द्रावती गाउँपालिका–१० बडारेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएका हो। मृतक दुई जनाको सनाखत भएको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले बताए। मृत्यु हुनेमा केदार माझी र विनोद लम्साल रहेका छन् । अन्यको उद्दार कार्य जारी रहेको छ। यस्तै घाइतेको उपचारको लागि अस्पताल रिफर गरिएको छ। उद्धार जारी भएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरी जनाएको छ। बा २ ख २७१५ नम्बरको बस क्षमताभन्दा धेरै यात्रु बोकेका कारण दुर्घट्ना भएको प्रहरीले अनुमान गरेको छ। घाइतेको उद्दार गरि उपचारको लागि चौतारा अस्पताल र अन्यन्त्र पठाइदै गरेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए।

प्रकाशित मिति : २४ आश्विन २०७६ शुक्रबार ००:००  १२ : ४७ बजे