७ असार २०८३, आइतबार | Mon Jun 22 2026

काभ्रेमा मिनिट्रक दुर्घटना हुदा दुई जनाको मृत्यु



काभ्रे ।
जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको साँझाकोटमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अन्य थुप्रै घाइते भएका छन्। महाभारत गाउँपालिका १ र २ का स्थानीय चढेर बनेपा आउँदै गरेको मिनिट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। ३५९५ नंबरको मिनिट्रकमा करिब ३५ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ।
घटनास्थलमा भर्खरमात्र प्रहरीको टोली पुगेको छ। उद्धार चलिरहेको छ। घाइतेहरूको एकिन भइनसकेको घटनास्थलमा पुगेको प्रहरीले जानकारी गराएको छ। एम्बुलेन्समा राखेर घाइतेहरूलाई अस्पताल पठाउन लागीएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २४ आश्विन २०७६ शुक्रबार ००:००  ६ : ३६ बजे