९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

तास खालबाट कांग्रेस सभापति पक्राउ परेपछि…



उदयपुर ।
नेपाली कांग्रेस जिल्ला सभापतिसहित ८ जना तासको खालबाट पक्राउ परेका छन् । उनीहरुलाई सदरमुकाम गाईघाट स्थित एनआईसी बैंक रहेको नेपाली कांग्रेसका क्षेत्रिय सभापति बसन्त बस्नेतको घरबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेपाली कांग्रेस क्षेत्रिय सभापति समेत रहेका त्रियुगा नगरपालिका–११ का बसन्त बस्नेत, सुमन्त कोईराला, दुर्गा श्रेष्ठ, किरण पाण्डे रहेका छन् ।
त्यसैगरि त्रियुगा नगरपालिका–१० बोक्सेका भबिन्द्र खत्री, त्रियुगा नगरपालिका–११ का यलराम भन्ने लुमुनिराम कार्की, बालकृष्ण कार्की र राजु राउत रहेका छन् ।
पक्राउ परेका मध्ये सभापति बस्नेत गत स्थानीय निर्वाचनमा त्रियुगा नगरपालिकाका लागि नेपाली कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार हुन् भने कोईराला त्रियुगा वडा नम्बर– ११ का लागि नेपाली कांग्रेसकै तर्फबाट वडा अध्यक्षको उम्मेद्वार हुन् । पक्राउ परेका लुमुनिराम कार्की एनआईसी बैक गाईघाट शाखाका प्रमुख हुन् ।
उनीहरुलाई आइतबार साँझ पक्राउ गरिएको उदयपुर प्रहरी प्रमुख (एसपी) बिरबहादुर बुढामगरले बताए । एसपी बुढामगरका अनुसार पक्राउ पर्नेहरुको साथबाट १ लाख ८० हजार ७ सय २० रुपैयाँ नगद र ३ बुक तास बरामद गरिएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६ सोमबार ००:००  ३ : १५ बजे