२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

जुवाडे माथि कपिलवस्तु प्रहरीको एक्सन ! १४ जुवाडे पक्राउ



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका– २ बर्गदवा स्थित जुवाको खालमा प्रहरीले छापा हानेर ३ लाख ४५ हजार नगद सहीत १४ जनालाई नियन्त्रणमा लिएको छ । बिहीवार राति २ बजे वडा प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रमेश गुरुङको नेतृत्वमा गएको टोलीले अशोक कहारको घरमा खेलाईएको जुवाका खालमा छापा हानेको हो ।
जुवाको खालबाट ३ लाख ४५ हजार नगद, १४ जुवाडे, तास बरामद गरिएको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले जानकारी दिए । पक्राउ परेकाहरुलाई रातभर वडा प्रहरी कार्यालयमा राखिएको थियो । बिहान १० बजेतिर उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो ।
पक्राउ परेकाहरुमाथी आवश्यक कारबाही प्रकृया अघि बढाईएको प्रहरी नायब उपरिक्षक मल्लले बताए । दशैं अघि देखि नै जिल्लाका बिभिन्न स्थानमा जुवा तास भईरहेको भन्ने ब्यापक जन गुनासो आएको थियो । कृष्णनगर, महाराजगंज, तौलिहवा लगायत जिल्लाका बिभिन्न स्थानमा काटपत्ती, फलास, कौडी लगायतका खेलको ब्यापक जुवा तास भईरहेको श्रोतले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६ शुक्रबार ००:००  १० : ४८ बजे