२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

दाङमा ७४ हजार सहित जुवाको खालबाट पाँचजना पक्राउ



दाङ ।
दाङमा प्रहरीले चाड पर्वमा रमाईलोका नाममा ठूलो धनराशी राखेर जुवा खेल्ने माथि कडा निगरानी गरिरहेको छ । यसैक्रममा प्रहरीले घोराहीबाट पाँचजनालाई साढे ७४ हजार रुपैयाँसहित जुवाको खालबाट पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका १५ मिलन चोकबाट ५ जनालाई ७४ हजार ५ सय ६० रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई मूलुकी अपराधसंहिता ऐन २०७४ को जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले जानकारी दिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७६ सोमबार ००:००  १ : ०९ बजे