२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

नवलपरासीमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु



सुनवल ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ५ बाइपासचोकमा सवारीसाधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भैरहवाबाट परासीतर्फ आउदै गरेको लु १ ख ५६५८ नम्बरको ट्रिपरले बिपरीत दिशाबाट आउदै गरेको लु ३२ प ७५७९ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा रामग्राम नगरपालिका १८ बडगाउँ बस्ने ३० बर्षिय लक्ष्मण चौधरीको मृत्यु भएको छ।
मोटरसाइकल पछाडि सवार ३२ बर्षिय बलिराम चौधरी गम्भिर घाइते भएका छन । घाइते चौधरीको लुम्बिनी सिटी अस्पताल रुपन्देहिमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
ठक्कर दिने ट्रिपर र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने ट्रिपर चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६ सोमबार ००:००  ७ : १६ बजे