७ असार २०८३, आइतबार | Sun Jun 21 2026

गोली हानी व्यवसायीको हत्या



जनकपुरधाम ।
जनकपुरमा एकजनाको गोली हानी हत्या भएको छ। जनकपुरधाम उपमहानगपालिका १ का अन्दाजी ४० बर्षीय मनोज साहको गोली हानी हत्या भएको हो। जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट प्रहार गरेको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको छ। साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन्। साहको शव जनकपुर अञ्‍चल अस्पतालमा राखिएको छ। उनीमाथि पैसा माग्न जाँदा चौधरीले गोली हानेको प्रहरीले जनाएको छ। यसैबीच चौधरीलाई प्रहरीले पेस्तोलसहित घरैबाट पक्राउ गरेको छ।

प्रकाशित मिति : ६ कार्तिक २०७६ बुधबार ००:००  १२ : ४७ बजे