८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बालक अपहरण गरेको आरोपमा एकजना पक्राउ



वीरगञ्ज ।
तीन वर्षीय बालकलाई अपहरण गरेको आरोपमा पर्सा प्रहरीले वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका – ३१ प्रसौनीका रुस्तम देवान रहेका छन् ।
पर्सागढी नगरपालिका–३ बढनिहार टोलका बालकृष्ण मैनालीका तीन वर्षीय छोरा आयुषको अपहरण गरेको आरोपमा देवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बालक अपहरणको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा बालकको उद्धार गरेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७६ बुधबार ००:००  २ : ३४ बजे