बाँके ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय आवश्यकतालाई मध्यनजर गरेर योजना बनाएमात्र दीर्घकालीन प्रभाव पार्ने बताएका छन् । खजुरा गाउँपालिका बाँकेको बृहद खजुरा सम्मेलनलाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जनताको भावना नबुझेर योजना बनाइए जनता एकातिर योजना अर्कोतिर हुने धारणा राख्नुभयो ।
उहाले हरेक ठाउँको विशेषता र पहिचान फरक हुने भएकोले सम्बन्धित ठाउँको पहिचान बनाउन त्यस ठाउँको विशेषता चिन्न सक्नुपर्ने बताए । खजुराको फरक पहिचान र विशेषता के भन्ने सम्मेलनले खोज्नुपर्ने उनको भनाई छ ।
उनले दीर्घकालीन प्रभाव पार्ने विकासका योजना बनाउन उनको सुझाव थियो । उद्यमले मात्र समाज र व्यक्ति अगाडि बढ्न सक्ने जिकिर गर्दै उनले शिक्षा, उद्योग, कृषि जस्ता योजना बनाउँदा त्यसको क्षेत्र र स्थानीयको मागलाई मध्यनजर गर्न सुझाव दिए ।
‘५० वर्ष पछिसम्म प्रभाव पार्नेगरि योजना बनाउँदा दीर्घकालीन हुन्छ र लगानीले प्रतिफल पाउन सक्छ,’ मुख्यमन्त्री पोखरेलले भने । सम्मेलन उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य नन्दलाल रोकाय, प्रदेश–५ का सभा सदस्य बाबुराम गौतम, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा लगायतले सम्मेलन सफलताको शुभकामना दिए । सम्मेलन विहीवार सकिने खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले जानकारी दिए ।






प्रतिक्रिया