दाङ ।
प्रतिनिधीसभा क्षेत्र नम्वर ३ ‘ख’ मा नेकपाले उपनिर्वाचनमा उमेद्वारकालागि तीनजना नेताको नाम सिफरिस गरेको छ । विहीबार बसेको नेकपाको प्रदेश सभा ‘ख’को कमिटीले बिमला वली, चूर्णबहादुर वली र शोभाराम बस्नेतको नाम जिल्लामा सिफारिस गरेको नेकपा दाङका प्रचार बिभाग उपप्रमुख आजाद खड्काले जानकारी दिए ।
उनका अनुसार मातहतका कमिटीको रिपोर्टिङका आधारमा पहिलो प्राथमिकतामा बिमला वलीको नाम सिफासिर गरिएको छ । बिमला तत्कालीन एमालेका युवा नेता स्वर्गीय उत्तरकुमार वलीकी धर्मपत्नी हुन् ।
प्रदेश सभा ‘ख’ मा नेकपाका नेता उत्तरकुमार वलीले काँग्रेसलाई फराकिलो मतले पराजित गरेका थिए । पश्चिम दाङका लोकप्रिय नेता वलीको दुर्घटनामा निधन भएपछी उक्त क्षेत्रमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।






प्रतिक्रिया